March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

बेलायतको सक्रिय भर्‍याङ हेल्थ केयरले सामाजिक सेवामा सहयोग गर्ने

1.1K

लन्डन । आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा दिने उद्देश्यले युकेमा क्रियाशील कम्पनी भर्याङ हेल्थ केयरले आफुलाई रिब्रान्डिंग गरेको छ।

भर्‍याङ हेल्थ केयरले नर्सिङ्ग होम, निजी अस्पताल तथा ‘सपोर्टेड लिभिङ्ग’सेवाप्रदायक कम्पनीहरुलाई दक्ष स्वास्थ्यकर्मीहरु उपलब्ध गराउँदै आएको छ। हालै ब्रिटेनको केयर क्वालिटी कमिशनमा दर्ता भएको उक्त कम्पनीले होम केयर सेवा तथा लिभइन केयर सेवाहरु पनि प्रदान गर्न थालेको छ।

‘उत्कृष्ट होम केयर सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताका कारण हामी छोटो समयमै यो क्षेत्रमा एक विश्वासिलो सेवा प्रदायक बन्न सफल भएका छौं,’भर्याङ हेल्थ केयर लिमिटेडका निर्देशक प्रभु न्यौपानेले भने। ‘उच्च गुणस्तरीय सेवा, अनुभवी स्टाफ, ग्राहक केन्द्रित दृष्टिकोण, निरन्तर सुधार तथा बलियो सामुदायिक उपस्थितिले गर्दा छोटो समयमै हामीले आफ्नो स्थान बनाउन सफल भएका हौँ।’

Advertisement

केयर व्यवसायमा दक्ष जनशक्ति प्राप्त गर्नु एउटा चुनौतीको रुपमा रहेको बताउंदै न्यौपानेले आफुहरुले गुणस्तरमा सम्झौता नगरिकनै ग्राहकहरुलाई धेरै महँगो नपर्ने सेवा उपलब्ध गराउँदै आएको बताए। ‘हामीले हाम्रा ग्राहकहरुले उपलब्ध आर्थिंक सहायता प्राप्त गर्न सकुन भनेर सघाउने पनि गर्दछौं,’ उनले भने।

भर्याङ हेल्थ केयर एउटा परिवारले चलाएको व्यवसाय हो र यसका निर्देशकहरु सेवा क्षेत्रमा लामो अनुभव बटुलेका व्यक्तिहरु छन्। भर्याङ हेल्थ केयरकी म्यानेजर, प्रभा खरेल, एनएचएस, सामुदायिक तथा निजी केयर होमहरुमा १० वर्ष भन्दा बढी अनुभव प्राप्त दक्ष नर्स हुन्।

‘उच्च गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामीले ‘रिक्रुटमेन्टबाट हेल्थ केयर’तर्फ आफ्नो सेवालाई रिब्रान्डिंग गरेका हौँ। अत्यन्तै प्रतिस्पर्द्धात्मक बजारमा पनि हाम्रा मूल्य र गुणस्तरीय सेवाको बारेमा जानकारी गराउँदै हामीले आफुलाई अन्य कम्पनीहरु भन्दा पृथक देखाउन सफल भएका छौं,’न्यौपानेले भने।

बकिंघमशायर न्यू युनिभर्सिटीबाट एमबीए उत्तीर्ण गरेका न्यौपानेले केयर म्यानेजरको रुपमा काम गरिसकेका छन्। उनले सन् २०१६ मा आफ्नै केयर एजेन्सी शुरु गरेका थिए। ‘मैले हरेक दिन नयाँ चुनौतीहरुबाट सिकी रहेको छु र ‘सोसल केयर’क्षेत्रमा संलग्न हुन पाएकोमा आनन्द महसुस गरिरहेको छु,’ उनले भने।

कर्पोरेट सामाजिक उत्तरदायित्वको मर्म अनुरुप न्यौपानेले नेपालमा विभिन्न विद्यालय, पुस्तकालय र सामुदायिक केन्द्रहरुको निर्माणमा सघाउनुका साथै उद्यमशील युवाहरुलाई आर्थिक सहयोग पनि गर्ने गरेका छन्। उनले नेपालको दुर्गम क्षेत्रमा निशुल्क स्वास्थ्य शिविरहरु आयोजना गर्न सघाउनुका साथै कमजोर आर्थिकस्थिति भएका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गर्दै आएका छन्।