लन्डन । बेलायतमा चलचित्र ‘गाउँ आएको बाटो’को प्रीमियर हुने भएको छ । गोर्खा वरियर्सले जून २९ मा सिने वर्ल्ड अल्डर्शटमा अभिनेता दाँयाहाङको साथमा ग्राण्ड प्रिमियर गर्न लागिएको हो ।
बासुरी फिल्मको ब्यानर र नबिन सुब्बा निर्देशित यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रशन राई रहेका छन् ।
यस चलचित्र बेलायतमा २९ जुनमा सिनेवर्ल्ड अल्डर्शट र ३० तारिख पिक्चर हाउस आश्फोर्डमा हुने २/२ सोहरू हुनेछन् । आशफोर्डको सो हाउसफुल भैसकेको छ भने अल्डरशटको टिकट ९५ प्तिशतले बिक्री भैसकेको छ ।
सन् २०१५ मा ‘गोर्खा वारीयर्स’ बेलायतमा दर्ता गरेर आजसम्म विभिन्न ठूलाठूला साङ्गेतिक साँझ, अभिनेता र अभिनेत्रीहरुको साथमा चलचित्र प्रदर्शन गरिसकेका छन् । केही वर्ष अगाडी गोर्खा वारीयर्स सिनेमाको नाम यही संस्थाको प्रभावमा बनेको अनुमान प्रष्ट देखिन्छ ।
यस चलचित्रले बाबु–छोराको प्रेम, छोराको टिभी हेर्ने रहरलाई पूरा गर्नका निम्ति एउटा बुबाले गरेको सङ्घर्ष र गाउँको सङ्घर्ष देखाएको छ। एउटा नागरिकले सीप हुँदा हुँदै पनि गाउँ बजारमा आएको अत्याधुनिक सामग्रीहरुले आफ्नो बस्तु बेच्न सक्दैन र त्यो सीपलाई संवर्द्धन गर्न राज्यले कसरी सक्दैन भनेर यस चलचित्रले देखाएको छ। अन्तिममा, ’टिभी चाहिँदैन, बाबा घर आऊ’ भन्ने सन्देशले बस्तु होइन, व्यक्ति महत्त्वपूर्ण छ भन्ने देखाएको छ।
निर्देशक, कलाकारले राम्रो अभिनय गरेका छन । बाल कलाकारले झन् राम्रो अभिनय गरेको छ।
कसैले गाउँ छोड्न नपरोस्, देश छोड्न नपरोस् आफ्नो कच्चा पदार्थ र सामग्रीहरुलाई राज्यले र जनताले प्रयोग गरौ जगेर्णा र सम्बर्दनको शुरुवात आफै हुन थाल्नेछ ।