November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विश्वकपको सुपर–८मा पुग्न सफल भए ३० लाख पुरस्कार दिने सीजीको घोषणा

1.5K

काठमाडौं । जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न वाइ वाइ चाउचाउले पुरस्कार घोषणा गरेको छ । विश्वकपको सुपर–८मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइ चाउचाउले नगद रू ३० लाख पुरस्कार दिने सीजी फुड्स नेपाल लिमिटेडले घोषणा गरेको हो ।

यस्तै वाइ वाइ चाउचाउले जारी विश्वकपमा नेपालको जीतको श्रृखंला अगाडि बढाउन खेलाडीहरुको मनोबल उच्च पार्ने उदेश्यले अन्य विभिन्न पुरस्कारहरुको पनि घोषणा गरेको छ । प्रत्येक रन बनाएवापत १ हजार, प्रत्येक चौका वापत ८ हजार, प्रत्येक छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार, प्रत्येक शतक वापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने सीजीले जनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको हो । यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

नेपालले टि–२० विश्वकपको श्रृंखला अन्र्तगत आफ्नो पहिलो खेल नेदरल्याण्डसँग मंगलबार खेल्दैछ । त्यस्तै टेष्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ ।