November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाल र वेस्ट इन्डिज ‘ए’ को पहिलो मैत्रीपूर्ण खेल आज

1.6K

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको छ।

क्यारेबियन टोलीका खेलाडीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेका थिए ।

Advertisement

नेपाल र वेस्ट इन्डिजबीच टी–२० खेलको पाँच वटा शृङ्खला खेलिने कार्यक्रम छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानले वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृङ्खलाका लागि बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।