November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

1.5K

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।  तराईमा तातो हावासँगै ‘लू’ चलेको हुँदा यसबाट बच्न मन्त्रालयले सबैलाई आग्रह गरेको हो ।

‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ ।

यसबाट वचन धेरै पानी पिउने, बाहिर निस्किनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने, हल्का खालको कपडा वा सुतीको कपडा लगाउने, खेतबारीमा कामकाज बिहान वा बेलुका गर्ने कस्ता उपाय अपनाउन सकिन्छ ।

Advertisement