November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाल ए ले दोस्रो टी-२० अभ्यास खेल आज आयरल्यान्ड ए सँग खेल्दै

1.9K

काठमाडौं । पहिलो खेलमा पराजित भएको नेपाल ए ले दोस्रो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा २१ रनले पराजित भएको  हुँदा तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ ।

पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो । अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि हारेको थियो ।

Advertisement

नेपालका लोकेश बलमे १०६ रनको शतकीय इनिङ र आरिफ शेखले ४९ रन बनाएका थिए ।