काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा नेपाललाई नेदरल्याण्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएका छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सलाई नेपालले १२० रनमा अल आउट गरेको हो ।
अन्तिम ओभरको तेस्रो बलमा आशिफ शेखले भान देर मेर्वीलाई रन आउट गरेपछि नेदरल्याण्ड्स १२० रनमा समेटिएको हो ।
कीर्तिपुर मैदानमा शनिबार दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उनीहरु हुटिङ गरेर नेपाली खेलाडीलाई हौसला बढाइरहेका छन् । क्रिकेट मैदानको प्याराफिट र रुखमा समेत चढेर दर्शकले खेल हेरेका छन् ।
नामिबिया, नेदरल्याण्डस र नेपाल सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टू मा नेपालले खेलेका चारमध्ये तीन खेलमात्र जितेको थियो । टी–२० आई सिरिजमा पनि नेपालले खेलेका तीनमध्ये एक खेलमा मात्र जित हासिल गरेको छ ।