April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

राज्यमन्त्री सिर्पालीको अग्रसरतामा जटिल रोगका विरामीहरुलाई आर्थिक सहयोग

2.1K

अर्घाखाँची । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पालीको अग्रसरतामा दुई जटिल रोगबाट ग्रसित भएका दुई विरामीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर १ निवासी मनिष पराजुली र भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ निवासी योगेन्द्र सिंह सुनारलाई राज्यमन्त्रीको पहलमा दुबै जटिल रोगबाट ग्रस्त विरामीहरुलाई ५१ /५१ हजार रुपियाँ रकम उपलब्ध गराइएको हो ।

अर्धाखाँची जिल्ला निवासी दुबै विरामीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पालीको आग्रसरतामा विभिन्न समाजिक संस्थाहरुबाट सो रकम उपलब्ध गराईएको राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव विष्नुप्रसाद गैरेले बताए ।

क्यान्सर रोगबाट ग्रष्त भएका संघिखर्कका मनिष पराजुली २४ वर्षीय युवा हुन् भने योगेन्द्र सिंह सुनार ५९ वर्षीय उमेरका हुन् ।

Advertisement

७ वर्ष पहिला क्यान्सर रोग देखा परेका सुनारको उपचारपछि केही समय सन्चो भएको रोग फेरी बल्झिएपछि भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको भए पनि आर्थिक अभावका कारण उपचारमा समस्या आएको विरामी सुनारको छोरा दिपक सुनारले बताएका छन् ।

यसैगरी क्यान्सरबाट प्रभावित भएका पराजुली उच्च शिक्षा अध्ययनका लागि विदेश गएका थिए भने समस्या भएपछि घर फर्कीएको परिवार स्रोतले बताउएका छन् ।