लण्डन । बेलायती अर्थ मन्त्री ऋषी सुनाक र स्वास्थ्य मन्त्री साजिद जाविदले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री बोरिस जोह्न्सनले यौन दुराचारको आरोप लागेको साथी [साजिद जाविदले] लाई मन्त्री बनाउनु गल्ति भएको स्वीकार गर्दै जनताप्रति क्षमायाचना गरेपछि दुवै मन्त्रीहरुले आज राजीनामा दिएका हुन ।
राजीनामा दिएपछि सुनाकले “जनताले सरकार सही, सक्षम र गम्भीरताका साथ सत्ता सञ्चालन गरुन् भन्ने चाहेको” विचार व्यक्त गरे भने जाविदले “प्रधानमन्त्रीले कुशल र विवेकपूर्ण तरिकाले सत्ता सञ्चालन गर्लान भन्नेमा आफूलाई विश्वास रहेको” व्यक्त गरे ।
गत बर्ष कोभिडको महामारीमा स्वास्थ्यसम्बन्धी नियमहरु उल्लंघन गरेको र हालैमा महंगी बढेकोमा अर्थमन्त्रीलाई पहिल्यैबाट राजीनामाको लागि दवाव बढेको थियो । कन्जरभेटिभ पार्टीका एक प्रभावशाली सदस्य तथा पूर्व शिक्षा मन्त्री नदिम जहावी नयाँ अर्थमन्त्री बन्ने आंकलन गरिएको छ ।
यसैबीच आफ्नै कन्जरभेटिभ पार्टीका उपाध्यक्ष बिम अफोलबमीले पनि एउटा टेलिभिजन कार्यक्रममार्फत राजीनामा दिएका छन् । तथापि मन्त्री परिषदका धेरैजसो सदस्यहरु अझै पनि प्रधानमन्त्री बोरिस जोन्सनको पक्षमा रहेको बताएका छन् ।
सत्तारुढ दलभित्र भएको उथलपुथलपछि प्रमुख प्रतिपक्षी दलका नेता सर केर स्टामरले भने, “यो सरकार यो ढल्दैगरेको स्पष्ट संकेत हो र अब म मध्यावधि निर्वाचन चाँडो होस् भन्ने पक्षमा छु” ।
स्मरण रहोस्, गत महिना मात्रै प्रधानमन्त्री जोह्न्सन आफ्नै पार्टीभित्र आएको अविश्वासको प्रस्तावको सामना गर्नु परेको थियो ।