March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

प्रधानमन्त्री बोरिस जोह्न्सनले जिते विश्वासको मत

5.1K

लण्डन । बेलायतमा प्रधानमन्त्री बारिस जोह्न्सनबिरुद्द आज साँझ भएको मतदानमा प्रधानमन्त्री जोह्न्सन विश्वासको मत पाउन सफल भएका छन् ।

कोभिडबिरुद्द अपनाउन पर्ने स्वास्थ्यसम्बन्धी नियम कानून प्रधानमन्त्री मिचेको भनी जनताले रोष प्रकट गरेपछि प्रधानमन्त्री जोह्न्सनलाई आफ्नै कन्जरभेटिभ पार्टीका सांसदहरुले समेत राजिनामा दिन दवाव दिएका थिए ।

सोमबार भएको मतदानमा प्रधानमन्त्रीको नेतृत्वमा विस्वास छ भन्ने साँसदहरुको संख्या २११ रह्यो भने विश्वास नरहेको भन्ने साँसदहरुको संख्या १४८ रह्यो ।

Advertisement

कानून र नियम उल्लंघन गर्नेलाई पार्टी र देश हाँक्न दिन हुन्छ कि हुँदैन भन्ने महिनौंको वहस र अड्कलवाजीपछि अन्ततः सत्तारुढ कन्जरभेटिभ पार्टीका ५९ प्रतिशत सांसदहरुले जोह्न्सको पक्षमा र ४१ प्रतिशतले विपक्षमा मतदान गरेका हुन् ।