पोखरा । कवि लिली अधिकारीको कविता संग्रह “पहराको फूल“ विमोचन भएको छ । पोखरामा हालै आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले उक्त पुस्तक विमोचन गरेका हुन् ।
सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी शाखाले आयोजना गरेको उक्त कार्यक्रममा वरिष्ठ कवि एवम् प्राज्ञ रमेश श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकाल, सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगर र वरिष्ठ उपाध्यक्ष अजित उत्सव, कृतिका समिक्षक डा. बिन्दु शर्मा लगायतको उपस्थिती थियो ।
कार्यक्रमको सभापतित्व प्रतिष्ठानका गन्डकी शाखा अध्यक्ष शम्भु अर्याल र सन्चालन प्रतिष्ठानकि केन्द्रीय सदस्य सुमित्रा पौडेल सुमिले गरेका थिए ।
पोखरामा रहेर अध्यापन र साहित्य लेखनमा लामो समयदेखि सक्रिय लिली अधिकारीको यो पहिलो कृति हो । यद्यपि यस कृतिमा संग्रहित कविताहरु अब्बल रहेको र पोल्हराले एउटा होनाहार कवि लेखक जन्माएकोमा आफूलाई गर्व लागेको वरिष्ठ कवि प्राज्ञ रमेश श्रेष्ठले बताए ।