April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कुसुण्डा, सुनार र राई भ्वाइस अफ नेपाल सिजन ३ को नकआउट राउण्डमा प्रवेश

13.9K

काठमाण्डौं । भ्वाइस अफ नेपाल प्रतियोगिता, सिजन ३ को ब्याटल राउण्ड अन्तर्गत भएको दोस्रो दिन उर्मिला कुसुण्डा, धर्मेन्द्र सुनार, ज्वाला राई र किसान राई नकराउण्डमा प्रवेश गर्न सफल भएका छ्न ।

आज आइतबार राजधानीमा भएको प्रतिस्पर्धामा चारै जनाले आफ्रनै टीमका प्रतिस्पर्धीहरुलाई उछिन्दै अघि बढेका हुन् ।

प्रतियोगिताको सुरुमा टीम तृष्णाबाट ज्वाला राई र अजय कार्की, टीम दीपबाट किसान राई र ध्रुव बिके, टीम प्रमोदबाट धर्मेन्द्र सुनार र बर्षा थापा, अनि टीम राजुबाट निर्मला घले र उर्मिला कुसुण्डाले भाग लिए ।

Advertisement

फरक फरक ‘जनरा’ (अर्थात बेग्लै शैली वा धार) बाट आएका ज्वाला राई र अजय कार्कीलाई राजेश पायल राईको पूर्वेली धारको गीत ‘सेवा छ भन्छु सुन्दैनौ’ भन्ने गीत गाउन लगाइएको थियो । तर ज्वाला राई आफै पूर्वेली भएको र परिचित गीत गाउन पाउँदाको प्रत्यक्ष फाइदा ज्वालालाई पुग्यो । फलतः अजय प्रतियोगिताबाट बाहिरिए ।

त्यस्तै टीम दीपबाट किसान राई र ध्रुव बिके दुवैले ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ भन्ने गायकद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको गीतमा राम्रो गर्दा गदै पनि कोच दीप श्रेष्ठले राईलाई छानेपछि बिकेले सिजन ३ बाट हात धुन पर्यो ।

उता टीम प्रमोदबाट भने बर्षा थापा र बाजुराका देउडा गायक धर्मेन्द्र सुनार दुवैले आ-आफ्नो जनराभन्दा बेग्लै धारको तर परिचित गीत ‘पर्ख पर्ख मायाँलू म पनि त आउँला’ मा दर्शक र कोचहरुलाई सक्दो नचाएर मनोरञ्जन दिलाए । कोच प्रमोदले धर्मेन्द्र सुनारलाई छानेपछि बर्षा थापा सिजन ३ बाट बाहिरिएकी छिन् ।

आजको अन्तिम प्रतिस्पर्धामा टीम राजूबाट उही फरक फरक धारका उर्मिला कुसुण्डा र निर्मला घलेको कडा प्रतिस्पर्धा भयो । दुवैले सुगम पोखरेलको ‘जाँदैछु टाढा’ गाए । तर उक्त गीत र शैली उर्मिलाको लागि फरक भएको कारण निर्मलाले राम्रो गर्न पर्दथ्यो भन्ने धारणा सबै कोचहरुले राखे । अर्थात, उक्त गीतलाई निर्मलाले भन्दा पनि उर्मिलाले सजिलरी गाइदिएकी हुनाले कोच राजुले उर्मिला कुुसुण्डालाई अर्को चरणमा प्रवेश गराएका छन् ।

प्रतियोगिताको मध्यमा धमेन्द्र सुनारको बिकट बाजुरादेखि राजधानी काठमाण्डौंसम्मको यात्रा, आमा–बाबुसित जीवनमा पहिलो पटक हवाईजहाज चढेको स्मरण, धर्मेन्द्रलाई गायक बनाउन आमा–बाबुले गरेको दुःख, ऋणमा टीभी किनेर छोरोको ब्लाइण्ड अडिसन हेरेको अनुभव मर्मस्पर्शी छन् । आमा–छोरा दुवैले एउटा देउडा गीत पनि संग गाएका छन् ।

प्रतियोगिताको सुरुमा कोच तृष्णाले पूर्वेली ठिटो ज्वाला राईलाई अर्का राईले नै गाएको पूर्वेली भाकाको गीत गाउन दिएर उत्तिकै राम्ररी गाउन सक्ने बुटवल निवासी अजय राईमाथि अन्याय गरेको भन्ने लाग्दछ ।

भ्वाइस अफ नेपाल सिजन ३, ब्याटल राउण्ड, डे ३ को प्रतियोगिता आगामी अप्रिल ३० शुक्रबार हुनेछ । ब्याटल राउण्डमा प्रतियोगीहरुले गीत छान्न पाउँदैनन् र कोसित प्रतिस्पर्धा गर्ने भन्ने पनि प्रतियोगीलाई थाहा हुँदैन ।