April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

आईपीएल: फाइनल खेल आज, उपाधिका लागि दिल्ली र मुम्बई भिड्दै

२०७७ कार्तिक २५

2.8K

काठमाडौँ- १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा बेलुका पौने आठ बजे हुने खेलमा साविक बिजेता मुम्बई इण्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली पहिलो पटक फाइनल पुगेको हो ।

Advertisement

यस सिजन दिल्लीलाई तीन पटक हराइसकेको मुम्बई पाँचौँ पटक उपाधि जित्ने दाउमा छ ।

दिल्ली भने यसपटक तीन खेलमा हारेको बदला लिदै उपाधि जित्न चाहन्छ ।