March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

आइसिसी विश्वकप: नेपालको दोस्रो विजयमा प्रधानमन्त्रीको बधाई

860

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी भएकामा सम्पूर्ण खेलाडीमा बधाई ज्ञापन गरेका छन्।

गएराति स्कटल्याण्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आइसिसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित हात पारेकामा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट बधाई दिएका हुन् ।

pinup pin up pin up pinup

एक तस्वीर साझा गर्दै प्रधानमन्त्रीले लेखेका छन्, ‘फेरि जित, फेरि बधाई ।’ नेपाल र नेदरल्याण्ड बीचको खेलमा नेपालले ५ विकेटले शानदार जित हासिल गरेको भन्दै उनले बधाई ज्ञापन गरेका हुन् ।

Advertisement

गएराति भएको शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । त्यसअघि शृङ्खलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले हराएको थियो ।