February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

प्याब्सन बराहक्षेत्रको खेलकुद सप्ताह सम्पन्न

580

स्कुल च्याम्पियन बन्यो सिद्धार्थ, फुटबलतर्फ डिफेन्डिङ च्याम्पियन स्काइको रवाफ कायमै

प्याब्सन बराहक्षेत्रको खेलकुद सप्ताह आइतबार सम्पन्न भएको छ । नडाहास्थित एभरेस्ट फुटबल क्लब, नडाहाको खेल मैदानमा सम्पन्न सप्ताहमा ६ स्वर्ण र ३ कास्य गरी ९ पदकसहित सिद्धार्थ मेमोरियल स्कुल च्याम्पियन बन्न सफल भएको हो ।

केही वर्ष यता सिद्धार्थ लगातार स्कुल च्याम्पियन भइरहेको छ । यस्तै पदक तालिकामा ५ स्वर्ण , ४ रजत र ४ कास्यसहित स्काई दोस्रो बन्न सफल भयो भने ४ स्वर्ण, १ रजत, २ कास्य र ३ स्वर्ण, ४ रजत सहित राजावास सेकेण्डरी स्कुल र सुनसरी स्टार एकेडेमी पदक तालिकाको क्रमशः तेस्रो र चौथो बन्न सफल भयो । यस्तै सप्ताहमा यो वर्षबाट महिला फुटबल र ब्याडमिन्टन खेलहरु समेत थपिएको छ ।

यता फुटबल विधातर्फ भने डिफेन्डिङ च्यम्प्पियन स्काई इङ्लिस स्कुल, बराहक्षेत्र –३, नडाहाले आफ्नो रवाफ कायमै राखेको छ । उसले फाइनलमा बराह राइजिङ स्टार स्कुललाई २–० ले पराजित गर्दै लगातार दोस्रो पल्ट च्याम्पियन बनेको हो । अब रनिङ शिल्ड कब्जा गर्न मात्र १ पल्ट विजेता बन्नबाट टाढा छ । उसले आगामी वर्ष च्याम्पियन बनेको खण्डमा सो शिल्डमाथि आफ्नो कब्जा जमाउने छ । यस्तै महिला तर्फको फुटबलको उपाधी भरौल बाल मन्दिर बराहक्षेत्र–३, नडाहाले चुमेको छ । उसले फाइनलमा पेनाल्टी सुट आउटमा सुनसरी स्टार एकेडेमीलाई पराजित गरेको हो । यता आधारभुत तर्फको फुटबल उपाधी सुनसरी स्टार एकेडेमीले चुम्यो । उसले लिग सिस्टममा उपाधी चुमेको हो ।

Advertisement

सप्ताह समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले निजी स्तरका विद्यालयहरुले यति भव्य कार्यक्रम गरिनु आफैमा महत्त्वपूर्ण रहेको बताए । बराहक्षेत्र नगरपालिकामा खेलाडी उत्पादनका निम्ति प्याब्सन खेल सप्ताहले महत्त्वपूर्ण भुमिका रहेको बताउदै खेलाडीहरुलाई अनुशासित भएर आफुलाई मैदानमा प्रस्तुत हुन आग्रह गरे ।

समापन कार्यक्रमलाई बराहक्षेत्र प्याब्सन सचिव अबियोग राईले सन्चालन गरेका थिए भने कार्यक्रमका सभाध्यक्ष बराहक्षेत्र प्याब्सन अध्यक्ष खेम राई रहेका थिए ।