November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राजनीतिक गतिवधिमा संलग्न हुने शिक्षकलाई बर्खास्त गर्ने शिक्षामन्त्रीको चेतावनी

२०८२ कार्तिक २३

500

शिक्षामन्त्रीलाई महासंघले भन्यो- सुत्ने बेला संविधान पढ्नू

काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले शिक्षक लगायत कर्मचारीहरू राजनीतिक गतिविधिमा संलग्न भएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गरी मन्त्री पुनले राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई बर्खास्त गर्ने चेतावनी दिएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन सम्बन्धी पेशागत ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रबन्ध गरेको सर्वविदितै छ, कुनै पनि पेशागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधा संलग्न भएको पाइएमा पदबाट बर्दास्त गर्न सकिने सम्मको कानूनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु ।’

Advertisement

त्यस्तै राजनीतिक दलमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध हुने शिक्षकदेखि संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनद्धारा जारी उक्त निर्देशन संविधानविपरीत भएको शिक्षकहरूले बताएका छन् । मन्त्री पुनले शिक्षा ऐन, नियमावली र संविधान नपढेको देखिएको भन्दै बेलुका सुत्ने बेला संविधानको धारा ३४ पढ्नु तथा श्रम ऐन पढ्न नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सुझाएका छन् ।

मन्त्रीको ध्यानकर्षणले शिक्षक र मन्त्रालयबीच द्वन्द्व बढ्ने भन्दै अध्यक्ष सुवेदीले भने, ‘शिक्षक समुदाय र मन्त्रालयबीच द्वन्द्व निर्माण गर्ने दिशातिर जान्छ । मन्त्री हुने मान्छेले संविधानको ज्ञान राख्नु प¥यो ।’

संविधानको धारा ३४ मा श्रमको हक हुने भनिएको छ । उक्त धाराको उपधारा ३ मा प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुने भनिएको छ । संविधान अनुसार नै शिक्षक संघ–संगठन बनेको दाबी अध्यक्ष सुवेदीको छ ।