March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

फुटबल खेलाडी अमिषा कार्की नगद एक लाख पुरस्कारसहित सम्मानित

२०८१ कार्तिक १६

755

काठमाडौं । एसएस फाउण्डेसनले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिषा कार्कीलाई नगद एक लाख पुरस्कारसहित सम्मान गरेको छ । बानेश्वरमा शुक्रवार एक कार्यक्रम आयोजना गर्दै उनलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

कार्कीलाई एसएस फाउण्डेसनका संरक्षक सोभित उप्रेती र अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले नगद एक लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

गत बुधवार सम्पन्न साफ महिला च्याम्पियनसीपमा नेपाललाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै फाइनलमा बंगलादेशविरुद्ध गोलसमेत गरेकी उनले समर्थकको राम्रो साथका बाबजुद यसपल्ट उपाधि जित्न नसके पनि आगामी संस्करण जसरी पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।

Advertisement

घरेलु भूमिमा सम्पन्न सातौँ संस्करणको साफ महिला साफ च्याम्पियनसिपमा पनि नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदा लगातार उपाधिविमुख भएको थियो।