March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

एन्जिला तुम्बापोको नेतृत्वमा नेपाली राष्ट्रिय टिमको घोषणा

760

काठमाडौं । वुमेन्स साफ च्याम्पियनसिप २०२४ का लागि २३ सदस्यीय टिम घोषणा भएको छ। सोमबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टिम घोषणा गरेको हो ।

तुम्बापो गोलरक्षक पनि हुन् । यस्तै अन्य दुई गोलरक्षकमा अञ्जना रानामगर र उषा नाथ छिन् । यस्तै डिफेन्डरमा गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल र सजनी थोकर छन् ।

यस्तै मिडफिल्डमा रेनुका नगरकोटी, प्रिति राई, सुरु लिम्बू, दीपा शाही, सविता रानागमर, अनिता वस्नेत, अमिशा कार्की र विमला चौधरी छन् । फरवार्डमा भने रश्मिकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी छन् ।

Advertisement

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ र यसमा सम्मिलित अन्य टिममा भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् । नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा भुटानको सामना गर्नेछ ।