May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल प्रतियोगिता हुँदै

560

काठमाडौं। प्रज्ञा स्मृति प्रतिष्ठानले ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाको आयोजनामा
वैशाख २२ देखि २५ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नको लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरू गठन गरिएको छ । समितिहरूले द्रुत गतिमा तयारी गरिरहेको संयोजक डोल्मा माया गोलेले बताइन् ।
 
डोल्माका अनुसार जिल्ला तहमा ललितपुर जिल्ला खेलकुद विकास समितिले समन्वय तथा सहजीकरण गरिरहेको छ भने पालिका स्तरमा नेकपा माओवादी केन्द्र तथा अन्य संघसंस्थाले तयारीको काम अगाडि बढाइरहेको छ ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको  छ । त्यसैगरि नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । 

Advertisement

वैशाख १५ गतेसम्म टिम दर्ताको लागि समय निर्धारण गरिएको छ । टिम दर्ताका लागि १५ हजार रुपैयाँ रकम राखिएको छ ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् भने उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेतृत्वलाई सहभागी गराउनका लागि पहल भइरहेको आयोजकको भनाइ छ । प्रतियोगिता महाकाल माविको प्राङ्गणमा हुनेछ ।