December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

एसिया कप क्रिकेट प्रतियोगितामा गायिका त्रिशाला गुरुङले प्रस्तुति दिने

925

काठमाडौं । पाकिस्तानको मुल्तानमा बुधबारदेखि हुने एसिया कप २०२३ मा नेपाली गायिका डा. त्रिशला गुरुङले प्रस्तुति दिने भएकी छिन् । गुरुङसहित पाकिस्तानी गायिका ऐमा बाइगले पनि प्रस्तुति दिनेछिन् ।

गुरुङले प्रस्तुतिका लागि पाकिस्तान प्रस्थान गरिसकेकी छिन् । गायिकाद्वयले मुल्तान क्रिकेट रंगशालामा प्रस्तुति गर्ने कार्यक्रम तय भएको छ ।

मुल्तान रंगशालामा एसिया कप क्रिकेटको उद्घाटन म्याच नेपाल र आयोजक राष्ट्रबीच बुधबार हुँदैछ । त्यही खेलअघि राष्ट्रिय गानलगायतको प्रस्तुति दिने कार्यक्रम छ ।

Advertisement