May 9, 2025, Friday
२०८२ बैशाख २६
1:37:26 pm

म्यानचेस्टर सिटीको सुखद सुरुवात, युनाइटेड पराजित

2.4K

काठमाडौं : साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुआत गरेको छ।

गएराति भएको खेलमा वेस्टह्याम युनाईटेडलाई २–० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद सुरुआत गरेको हो। वेस्टह्यामको मैदानमा सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले दुबै गोल गरे। खेलको ३६ औं मिनेटमा हालाण्डले पेनाल्टीबाट गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए।

प्रिमियर लिगको डेब्यु खेलमै उनले सिटीका लागि गोल गरेका हुन्। त्यसपछि खेलको ६५ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को जित दिलाए।

Advertisement

गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेड पहिलो खेलमै पराजित भएको छ। युनाईटेड ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो।  यस्तै लेस्टर सिटीले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेलेको छ।