November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गजेन्द्र (गाज) गुरुङ बने पीपल गल्फ च्याम्पियन २०२२

6.7K

लण्डन । यस बर्षको पीपल गल्फ च्याम्पियन गजेन्द्र गुरुङ बनेका छन् । गत २३ जुलाईको दिन बेजिङस्टोकस्थित शेरफिल्ड गल्फ क्लबमा सम्पन्न छैठौं पीपल गल्फ च्याम्पियनशीप प्रतियोगितामा गजेन्द्र (गाज) गुरुङ प्रतियोगिताको बिजेता बनेका हुन् ।

प्रतियोगिताको उदघाटन शनिबार बिहान ७ः३० बजे पीपल ग्रुपका प्रवन्ध निर्देशक सूर्य गुरुङ र गोर्खा गल्फ सोसायटीका अध्यक्ष सोमराज तामाङले संयुक्त रुपमा गरे । प्रतियोगिताको आयोजना गोर्खा गल्फ सोसायटीले र प्रायोजन पीपल ग्रुपले गरेका हुन् ।

प्रतियोगितामा जम्मा १२० जना गल्फ खेलाडीहरुले भाग लिएको पीपल ग्रुपका प्रवन्ध निर्देशक सूर्य गुरुङले बताए ।

Advertisement

त्यस्तै, छैठौं पीपल गल्फ च्याम्पियनशीपको ‘ओभरअल नेट विनर’ युवराज शाही बने । दुवै विजेताहरु गजेन्द्र गुरुङ र युवराज शाहीले एक-एक तोला सुन, रनिङ्ग ट्रफी प्राप्त गरे ।

तीन वटा डिभिजनले भाग लिएको उक्त खेलको ‘ए’ डिभिजनतर्फ अशोक गुरुङ विजेता, फुर्तेन्जी शेर्पा फस्ट उपविजेता (रनरअप) र सरोज गुरुङ तृतीय सेकेन्ड रनरअफ बने ।

डिभिजन ‘बी’ बीएर्फ भने बलबहादुर लिम्बु विजेता, प्रेमकाजी गुरुङ उपविजेता र ईश्वर चाम्लिङ्ग तृतीय भए । डिभिजन ‘सी’ तर्फ १२ बर्षीय हिमाल गुरुङ विजेता, कृष्ण तामाङ्ग उपविजेता र मनबहादुर राना सेकेन्ड तृतीय भए ।

तीन वटै डिभिजनमा विजेता, उपविजेता र तृतीय हुनेहरुलाई व्यक्तिगत ट्रफी प्रदान गरियो भने विजेतालाई १५० पाउण्ड, उपविजेतालाई १०० पाउण्ड र तृतीय हुनेलाई ७५ पाउण्ड नगद पुरस्कार पनि प्रदान गरिएको प्रतियोगिताको प्रायोजक पीपल ग्रुपका प्रवन्ध निर्देशक सूर्य गुरुङले जनाए ।

प्रतियोगिताको सिनियर खेलाडीतर्फ रुद्रबहादुर खड्का विजेता बने भने पहिलो पटक भाग लिएका खेलाडीतर्फ १८ बर्षिया रुबिशा मल्ल विजेता भईन् । त्यस्तै, वीर लिम्बु (एनटीपी–१), देव राना (प्रो–एप्रोज ईन टु), युवराज शाही (एलडी सिनियर) र मनोज गुरुङ (एलडी ओपन) ले नोभल्टी प्राईज जिते ।

प्रतियोगिताका प्रायोजक पीपल ग्रुपका निर्देशक सूर्य प्रकाश गुरुङसहित पीपल ग्रुपका नाग्स राई, हरी गुरुङ, प्रिया गुरुङ, प्रतिमा गुरुङ र लाक्पा शेर्पाले रनिङ ट्रफी, व्यक्तिगत ट्रफी र नगद पुरस्कार संयुक्त रुपमा वितरण गरेका थिए ।

गोर्खा गल्फ सोसाईटीका सचिव गिताजङ्ग गुरुङले संचालन गरेको पुरस्कार वितरण कार्यक्रममा गल्फ सोसाईटी अध्यक्ष तामाङ, पीपल ग्रुपका अध्यक्ष लगायत सहभागीहरुले सबै खेलाडीहरुलाई बधाई तथा शुभकामना दिए । साथै, उनीहरुले गल्फ खेलतर्फ नेपाली युवाहरुको समेत आर्कषण बढेकोमा खुशी व्यक्त गर्दै आउने दिनहरुमा खेलाडीहरुको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गरे ।

स्मरण रहोस्, पीपल ग्रुपले विगत केही बर्षदेखि पोखरेली मञ्च युकेद्वारा आयोजित ‘पीपल नेपाल कप क्रिकेट’ प्रतियोगिताको समेत मुख्य प्रायोजन गर्दैआएको छ । त्यस्तै, यसै बर्षदेखि ‘पीपल नेपाल रन’ समेत शुरुवात गरेको छ ।

पीपल ग्रुप अन्तर्गत रहेको पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्ट्सले मोर्गेज, प्रोटेक्सन्स, इन्स्योरेन्स, विल्स, लेटिङ्गस, सेल्स, म्यानेजमेण्ट लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । हालसम्म पीपल ग्रुपले फानवरो, आस्फोर्ड, स्वीन्डन, हन्स्लो, टीथवर्थ र वेस्लीहिथमा कार्यालय स्थापना गरी ग्राहकहरुलाई सेवा दिदै आएको छ ।