March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

पीपल ग्रुपद्वारा मुगुका ३२५ जना विद्यार्थीलाई पोशाक सहयोग

3.8K

पूर्ण गुरुङ

लण्डन । बेलायतमा मोर्गेज, प्रोटेक्सन्स, होम इन्स्योरेन्स, कमरशियल फाइनन्स, विल्स तथा प्रोेपर्टी सेल्स, लेटिङ्गस तथा म्यानेज्मेन्टलगायतका सेवाहरु प्रदान गर्दै आएको पीपल ग्रुपले मुगुको मुगुम कार्माराङ गाउँपालिकामा अवस्थित नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत ३२५ विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ ।

टिसर्ट, पाइन्ट, जुत्ता, मोजा र ज्याकेटसहितको उक्त पोशाक गत बुधबार २७ जुलाईका दिन कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सो विद्यालय तथा गाउँपालिकाका प्रतिनिधिहरुको बिशेष उपस्थितिमा हस्तारण गरिएको छ । उक्त पत्रकार सम्मेलनमा पीपल ग्रुपका नेपाल प्रतिनिधि जगदिश पराजुलीले भौगोलिक विकटताले गर्दा कर्णाली प्रदेशका धेरै विद्यार्थीहरूले राम्रोसँग पठनपाठन गर्न नपाएको कुरा थाहा पाएपछि उनीहरूलाई अध्ययन गर्न सजिलो होस् भनेर करिब ६ लाख बराबरको पोशाक सहयोग गरिएको बताए । साथै, उनले नेपाल सरकारले मासिक ४ हजारभन्दा बढिका दरले विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग गरिदै आएको भएता पनि उक्त रकम त्यो प्रयाप्त नभएका कारण र विद्यालयको अनुरोधमा आफूहरूले पोशाक सहयोग गरेको बताए ।

Advertisement

सो पोशाक हस्तान्तरणको पत्रकार सम्मेलनमा युके बसोबास गर्दै आएका पीपल ग्रुपका शुभचिन्तक संघर्ष राईले उक्त सहयोग सानो भएपनि पोशाकले विद्यार्थीहरूलाई चिसोबाट जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, उनले पीपल गु्रपका निर्देशक सूर्य प्रकाश गुरुङलगायत आफूहरुले नेपालमा यस्तैखाले च्यारिटी सहयोग गदैआएको जनाए ।

उक्त पत्रकार सम्मेलनमा मुगुम कार्माराङ गाउँपालिकाका नायब सुब्बा गौरीकान्त चौलागाई, मुगुका पत्रकार जीवन सेजुवाललगायतले पीपल ग्रुपले गरेको सहयोगको प्रसंशा गर्दै यस्तो सहयोगले दुर्गम क्षेत्रका बालबालिकाहरूलाई नियमित रुपमा विद्यालय आउन प्रेरित गर्ने बताइएको पीपल गु्रपले जानकारी दिए । फानवरो, आस्फोर्ड, स्वीन्डन, हन्स्लो, टीथवर्थ र वेस्लीहिथमा कार्यालय स्थापना गरी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको पीपल ग्रुपका निर्देशक सूर्य गुरुङले गत चैत्र महिनामा उक्त विद्यालय अवलोकन गरि फर्किएको र सो विद्यालयमा पोशाकलगायत अरु पनि धेरै सहयोगको खाँचो रहेको बताउँदै आफूहरुले भविश्यमा कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे योजना बनाईरहेको जानकारी गराए ।