April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

विश्वकप फुटबल आयोजनामा स्पेन र पोर्चुगलको संयुक्त दाबी

3.9K

काठमाडौँ-  ८ वर्षपछिको (सन् २०३०) को विश्वकप फुटबल आयोजनाका लागि स्पेन र पोर्चुगलले संयुक्त दाबी गरेका छन् ।

स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेलपछि दुबै राष्ट्रले संयुक्त रुपमा विश्वकप आयोजनाको दाबी गरेका हुन् ।

स्पेनका राजा फिलिप छैटौं र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलोले संयुक्त दाबीको सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् ।

Advertisement

विभिन्न  मुलुकले विश्वकप आयोजनाको दाबी गरे पनि फिफाले यसको घोषणा भने सन् २०२४ मा गर्ने जनाएको छ । सन् २०२२ को विश्वकप कतारमा र २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयक्त रूपमा हुने तय भइसकेको छ ।