November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युभेन्टससँग इन्टर मिलान पराजित

1.8K

काठमाडौं– इटालियन सिरी ’ए’ फुटबलअन्तर्गत गएरातिल सम्पन्न खेलमा युभेन्टसले इन्टर मिलानलाई पराजित गरेको छ। 

युभेन्टसले इन्टरलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सम्पन्न खेलको २४औँ मिनेटमै क्रिस्टियानो रोनाल्डोको गोलमार्फत युभेन्टसले अग्रता बनार्एको थियो।

खेलको ३५ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो हाफको इन्जुरी समयमा जुवान क्वाड्राडोले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए।

Advertisement

खेलको ५५औँ मिनेटमा रोड्रिगो दोहोरो पहेलो काड खाँदै बाहिरिएपछि युभेन्टस १० खेलाडीमा समेटियो। 

खेलको ८३औँ मिनेटमा युभेन्टसका जर्जियो चिलिनीले आत्मघाती गोल गरेपछि खेल २–२ को स्थितिमा पुग्यो। ८८औँ मिनेटमा जुवानले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए।

खेलको इन्जुरी समयमा मार्सेलो बोर्जोभिक पनि दोहोरो पहेँलो कार्डसहित बाहिरिएपछि इन्टर पनि १० खेलाडीमा समेटिएको थियो।

इन्टरमाथिको जितसँगै युभेन्टस लिगको चौथो स्थानमा उक्लिएको छ। युभेन्ट्सले ३७ खेलमा ७५ अंक जोडेको छ। च्याम्पियन बनिसकेको इन्टर ८८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।