November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पिएसजीको जितमा नेयमारको गोल

3K

काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ। यो जितसँगै पिएसजीले च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई कायमै राखेको छ।

घरेलु टिम पिएसजीले लाइपजिगलाई १–० गोलले पराजित गरेको हो। पिएसजीको जितमा नेयमारले गोल गरे। खेलको नवौं मिनेटमा एन्जल डि मारियालाई मार्सेल सविट्जरले पेनाल्टी क्षेत्रमा फोउल गरेपछि पिएसजीले पेनाल्टी पाएको थियो। नेयमारले पेनाल्टीबाट गोल गर्दै पिएसजीलाई १–० गोलको अग्रता दिलाए।

पहिलो हाफमा बनाएको अग्रतालाई दोस्रो हाफमा पनि कायमै राख्दै पिएसजीले लाइपजिगलाई १–० गोलले पराजित गरेको हो।

Advertisement

च्याम्पियन्स लिगको समूह ‘एफ’ मै भएको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्तानबुल बासाकेसिरलाई ४–१ गोलले पराजित गरेको छ। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा मार्कुस राष्फोर्ड र ड्यानियल जेम्सले समान १–१ गोल गरे। यता, स्तानबुलका लागि डेनिज तुरुकले गोल फर्काए। पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो।

त्यस्तै, च्याम्पियन्स लिगमा मंगलबार राति नै भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले क्लब ब्रगलाई ३–० गोलअन्तरले पराजित गरेको छ। अर्को खेलमा लाजियोले जेन्टलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।