April 28, 2024, Sunday
२०८१ बैशाख १६
1:37:26 pm

मलेसियामा नेपालीहरूको पहिलो ब्याटमिन्टन टुर्नामेन्ट सम्पन्न

2K

क्वालालम्पुर । मलेसियामा नेपालीहरूको पहिलो ब्याटमिन्टन टुर्नामेन्ट सम्पन्न भएको छ । नेपाली दुतावास मलेसियाको सहकार्य, एभरेस्ट युथ ब्याटमिन्टन क्लबको आयोजना तथा माउण्ट एभरेस्ट इभेन्ट मेनेजमेन्टको ब्यवस्थापनमा मलेसियामा नेपालीहरको पहिलो ब्याटमिन्टन टुर्नामेन्ट सम्पन्न भएको हो।

मे २९ तारीखमा केलाङको ब्याटमिन्टन हलमा सम्पन्न उक्त टुर्नामेन्ट मलेसियामा रहेका नेपालीहरुको शारिरीक तथा मानसिक स्वस्थ्य प्रबर्द्धन तथा आकस्मिक मृत्यु जस्ता स्वास्थ्य समस्याको न्युनिकरणको लागि शारिरीक ब्यायम र कसरतको लागि प्रोत्साहन गराउने उद्देश्यले आयोजना गरिएको आयोजक बताउछन् ।

टुर्नामेन्टमा प्रमुख अतिथि नेपाली दुतावास मलेसियाका द्वितीय सचिव प्रेम बहादुर बढथापा रहेका थिए भने विशेष अतिथि गैर-आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका वरिस्ठ उपाध्यक्ष इन्द्र नारायण लिम्बु, इन्स्टापे टेक्नोलोजी मलेसियाका प्रमुख कार्यकारी अधिकारी रज्निश कुमार रहेका थिए । यस्तै अतिथि गैर-आवासीय नेपाली संघका केन्द्रीय सदस्य हरि भट्टराई, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, व्यावसायी योगेन्द्र कुवर, गोरख खवास, रोमी राई, सुदुरपश्चिमेली नेपाली समाजका उपाध्यक्ष राम साउद, कराते संघ मलेसियाका अध्यक्ष दुर्गा लिम्बु रहेका थिए ।

Advertisement

मलेसियाको विभन्न ठाउबाट आठ टिम सहभागी रहेको टुर्नामेन्ट दुई समुहबाट लिग चरण विजेता र उपविजेता सेमिफाइनल खेल खेलेको थियो । ए समूह बिजेता रोम मगर र गगन कटुवाल साथै उपविजेता केवल राई र दिनेश लिम्बु यस्तै बि समूह विजेता तुलाराम धामी र खिम परियार साथै उपविजेता गणेश गुरुङ र कृष्ण आङ्देम्बे भएका थिए ।

सेमिफाइनल खेलमा रोम मगर र गगन कटुवाल साथै तुलाराम धामी र खिम परियार विजेता भइ फाईनल प्रवेश गरेका थिए । फाईनल खेलमा भने तुलाराम धामी र खिम परियारले रोम मगर र गगन कटुवाललाई जितेर टुर्नामेन्टको विजेता भएका थिए । टुर्नामेन्टको उपविजेता रोम मगर र गगन कटुवाल, तेस्रो गणेश गुरुङ र कृष्ण आंदाम्बे साथै केवल राई र दिनेश लिम्बु चौथो भएका थिए।

विजेतालाई नगर पुरस्कार १,५०० रिंगेट, च्याम्पियन ट्रफि, ब्याटमिन्टन रेकेट, मेडल कार्यक्रमको प्रमुख अतिथि र विषेश अतिथिले प्रदान गरेको थियो । दोस्रो नगद पुरस्कार १००० रिंगेट, मेडल, ब्याटमिन्टन रेकेट र तेस्रो नगद पुरस्कार ५०० रिंगेट, मेडल, रेकेट साथै चौथो नगद पुरस्कार २०० रिंगेट र मेडल प्रदान भएको थियो ।

टुर्नामेनटमा शुभकामना मन्तव्य प्रमुख अतिथि प्रेम बहादुर बढथापा, विशेष अतिथि इन्द्रनाराणय लिम्बु, रज्निश कुमार र अतिथि बिपिन राई, हरि भट्टराई र योगेन्द्र कुवरले दिएका थिए ।

यस टुर्नामेन्टको टाइटल स्पोन्सर इन्स्टापे टेक्नोलोजी, पावर स्पोन्स गैर-आवासीय नेपाली संघ मलेसिया, प्रवासी नेपाली समन्वय समिति र नर्थ साउथ इनिसियटिभ, फुड स्पोन्सर वरपिपल चौतारी रेष्टुरेन्ट तथा सहयोगी र सहभागीलाई आयोजक समितिका संयोजक ईश्वर राईले धन्यवाद दिएका थिए ।