November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आज नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फूटबल

२०७७ कार्तिक २८

3.5K

काठमाडौं – कोरोना भाइरसको महामारी सुरु भएपछि नेपालले आज पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्दैछ।​

मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिजको दुई वटा मैत्रिपूर्ण खेलमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्न लागेको हो। नेपालले आज पहिलो खेल खेल्नेछ भने दोस्रो खेल मंसिर २ गते हुनेछ पतियोगिता अघिको पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान किरण चेम्जोङले नेपाली टिम खेलका लागि निकै उत्साहित भएको प्रतिक्रिया दिए। 

नेपालले बंगलादेश जानुअघि एक हप्ता तयारी गरेको थियो। पर्याप्त तयारी नभएका कारण यो खेल नेपालका लागि कठीन हुने प्रशिक्षक बालगोपाल महर्जनको भनाइ छ। उनले प्लेइङ सेटका केही खेलाडीमा कोरोना देखिएका कारण नेपाली टिमलाई बंगलादेशविरुद्धको खेल चुनौतिपूर्ण रहेको पनि बताए। 

Advertisement

बंगबन्धु रंगशाला ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे हुनेछ। आजको खेल दर्शकले रंगशालामै गएर हेर्न पाउने छन्। बंगलादेशसँग नेपालले मैत्रीपुर्ण र प्रतियोगिता गरेर १९ पटक खेलेको छ। जसमा नेपालले ६ खेलमा जित निकालेको छ भने १२ खेल हारेको छ । नेपाल र बंगलादेश १९८३ मा पहिलो पटक सागमा खेलेका थिए। त्यो बेला नेपाल एक शून्यले पराजित भएको थियो।