November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दुर्घटनामा निधन भएका मन्त्री सिंहको शोकमा आज सुदूरपश्चिममा सार्वजनिक विदा

1.9K

काठमाडौं । दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री  पृथ्वीबहादुर सिंहको शोकमा (बुधबार) आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । सिंहको मंगलबार सवारी दुर्घटनामा निधन भएको हो ।

आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । सुदूरपश्चिम सरकारले आज विहान ९ बजे धनगढीको कभर्ड हलमा मन्त्री सिंहको श्रद्धाञ्जली सभा राखेको छ ।

गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।

Advertisement

दुर्घटनामा परेका मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पुर्‍याइएको भएपनि उनको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपाली काँग्रेस बझाङका पूर्व सभापति सिंहले लामो समयसम्म काँग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर काम गरेका छन् ।