November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर दुई जनाको मृत्यु, ६ बालबालिका घाइते

655

काठमाडौं । माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर दुई जनाको मृत्यु भएको छ । बाराको सिम्रौनगढ नगरपालिका–६ मा रहेको ऐतिहासिक इशरा पोखरीको डिलमा माटो खन्ने क्रममा डिस्को खस्दा ६ जना बालबालिकासमेत घाइते भएका छन् ।

उक्त दुर्घटनामा सिम्रौनगढ नगरपालिका– ६ सानोऊ इटवाल टोलीकी ७० वर्षीया शारदादेवी महतो र वडा ५ सानो इटवाल टोलकै १५ वर्षीय सुनिल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा उद्धार गरिएका उनीहरुलाई उपचारका लागि कलैया लैजाने क्रममा मृत्यु भएको हो । अरु घाइतेहरुको सिम्रौनगढ र कलैयाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

ढिस्कोले पुरिएका तिनीहरूलाई स्थानीय, प्रहरी र सशस्त्र उद्धार गरेका थिए ।