ललितपुर । काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरी रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– ३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ आउदै गरेको बाप्र–०२–०५९प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु हुनुका साथै एकजना घाइते भएको हो ।
आज दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।