February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

दुर्घटनामा परेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहको निधन

2.1K

काठमाडौं । दुर्घटनामा परेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ ५:३३ मा मन्त्री सि‌ंहको निधन भएको हो। यसअघि उनकी पत्नी अमृता र बुहारी पर्ने जयादेवीको मृत्यु भएको थियो।

मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको हो। बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

Advertisement

दुर्घटनामा घाइते मन्त्री सिंहका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको पनि कोहलपुरमा उपचार भइरहेको छ।