April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

६५औँ प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम

1.6K

विराटनगर । ६५औँ प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आज (मंगलबार) विराटनगरस्थित महेन्द्रचोकमा प्रहरी कार्मचारीद्धारा रक्तदान गरिएको हो ।

रक्तादान गरिएको सम्पूर्ण प्रहरी कर्मचारीलाई सम्मानस्वरुप कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्भ अधिकारीले प्रमाणपत्र समेत वितरण गरेका थिए ।

mostbet

रक्तदान कार्यक्रमको उद्धाघटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मानव जीवनसँग सम्बन्धित पुनित कार्यक्रमको आयोजना गरिएकोमा नेपाल प्रहरी प्रति अभारी रहेको बताएका छन् ।

Advertisement

मन्त्री अधिकारीले नेपाल प्रहरीले जनताका जीवनसँग सम्बन्धित थुप्रै पुनित कार्य गर्दै आएको बताए ।

‘कहिले आमाहरुसँग लागुऔषध दुव्र्यसनि नियन्त्रण कार्यक्रम संचालन गर्ने, प्रहरी जनतासँग मिलेर प्रहरी जनताको साथ काम गर्ने गरिरहेका छन्, उनले भने,‘ लागुऔषध नियन्त्रण , अपराध नियन्त्रण कार्यक्रम गर्ने लगायतका काम गर्दै आइरहेको छ। जीवनसँग सम्बन्धि थुपै्र रचनात्मक काम प्रहरीले गर्दै आइरहेको छ।’

यस्ता पुनित कार्य गर्ने कार्यमा नेपाल प्रहरी अग्रिम स्थानमा रहेको बताउदै उनले निरन्तर यो कार्यलाई जारी राख्ने विश्वास रहेको उनको भनाई छ ।

यस्तै, कोेशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक चन्द्रकुबेर खापुङले रगत दान जीवनदान भन्ने नारालाई सार्थक दिन कार्यक्रमको आयोजना गरेको बताए ।

उनले विपतको समय भएकाले घाइतेहरुमा सहयोग हुन सकोस भन्ने अपेक्षा सहित रक्तदान कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।