January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

इप्रका धरानको हिरासत भवन उद्घाटन तथा हस्तान्तरण

975

विराटनगर । इलाका प्रहरी कार्यालय धरानको हिरासत भवन उद्घाटन तथा हस्तान्तरण समारोह कार्यक्रम सम्पन्न भएको छ । भवनलाई शनिबार कोशी प्रदेशका मूख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

जनस्तरबाट निर्माण आरम्भ गरी संघ, प्रदेश सरकार, धरान उपमहानगरपालिका तथा देश बिदेशमा रहेका विभिन्न संघसंस्था र दाताहरूको सहयोगमा निर्मित इप्रका धरानको हिरासत भवन उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रमका विशेष अतिथिहरूमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, बिजय कुमार राई, यशोदा कायस्थ, कोशी प्रदेशका पूर्व सभामुख प्रदिप भण्डारी,धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघा रहेका थिए ।

Advertisement

कार्यक्रममा सप्रबल नेपाल नं.१ बराहबाहिनी मूख्यालय पकली सुनसरीका प्रमुख सप्रनामनि शम्भु सुबेदी, राष्ट्रिय अनुशन्धान कार्यालय धरानका प्रमुख खेमराज ओझा, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट प्र ब उ भीम बहादुर दहाल, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रबउ जयराज सापकोटा, जिप्रका सुनसरीका प्रमुख प्रउ बिपिन रेग्मी, इप्रका धरानका प्रमुख प्रनाउ प्रकाश जवेगु, भवन निर्माणाधिन अवस्थाका तत्कालिन इप्रका धरान प्रमुख रहेका प्रनाउ रामेश्वर पौडेल, प्रनाउ ज्ञानेन्द्र बस्नेत, प्रनाउ बुद्ध श्रेष्ठ, सप्रबल नेपाल सुरक्षा बेश धरानका प्रमुख सप्रनाउ हेम कुमार पौडेल, इप्रका धरानका प्रनिद्वय भिम राज राई, प्रनि पर्शुराम राई ,जिट्राप्रका धरानका प्रमुख प्रनि सुबास केसी, आसरा सुधारकेन्द्र पानबारी धरानका प्रमुख प्रनि जश बहादुर लिम्बु साथै भवन निर्माण समितिका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधीहरू, नागरिक समाज, पत्रकार, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारीहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।