झापाको शिवसताक्षी ८ स्थित टोल नम्बर १ को घरहरुमा सिरिजङ्गा लिपीबाट ‘निवास’ लिखिएको बोर्डरू राख्न थालिएको छ । स्थानीय समाजसेवी युवा हाल हङकङमा कार्यरत चपेता सेर्माको आर्थिक सहयोगमा सिरिजङ्गा लिपिमा बोर्डहरु राख्न थालिएको हो ।
याक्थुङ भाषा र लिपिको संरक्षण र उजागर गर्ने उदेश्यले यस्तो काम थालिएको चपेता सेर्माले बताए। ‘भाषा र लिपि लोप हुँदै गइरहेको अवस्थामा मुख्यत: याक्थुङ्ग समुदायले अनिवार्य जान्नुपर्छ भन्ने अभियान हो । इच्छुक हरेक समुदायले पनि बुझ्नु वा जान्न उपयुक्त हुन्छ’, सेर्माले भने, ‘अहिले यो बोर्ड याक्थुङ लिपिमा टासिरहँदा यो कुन अक्षर हो ? कसैले सोधे यो चै याक्थुङ्ग (लिम्बू लिपि) हो भनेर चिनाउन पाउनु पनि एक उपलब्धी हो।’
सामजिक कार्यमा सक्रिय चपेता सेर्माले आफ्नो जन्मभूमि र जन्म क्षेत्रमा विभिन्न शीर्षकमा आर्थिक सहयोग साथै सकारात्मक शुझाब सल्लाह दिदै आएका छन् ।
अहिलेसम्म करिब १ सय ढी घरमा सिरिजङ्गा लिपिमा लेखिएको बोर्ड टासिएको जनाइएको छ । डुडामारी बजार दक्षिण जुङे चोकदेखि सेर्मा चोक हुँदै सिमाना चोक सम्म र बिकास चोक देखि फुलबारी चोकसम्म यस लिपिको बोर्ड टासिएको छ । चाडै जुङ्गे चोक हुँदै माङ्हिम टोलदेखि दक्षिण इमानसिङ चोक र सिमाना चोक हुँदै तुम्देन चोक उत्तरतर्फ बनेनी र तुम्देन चोक हुँदै दक्षिण बनेनी खोला पुल सम्मको घरहरुमा यस्ता बोर्ड राख्ने योजना रहेको जनाइएको छ ।
यस्ता बोर्डहरुमा क्रमश ल्वागुन निवास( हिम,) ,खत्री निवास,(हिम),आन्देम्बे निवास(हिम),,सेर्मा(हिम),सम्बाम्फे,लावती,नेम्बाङ,निङ्ग्लेकु तुम्रोक,,ओझा रोक्का, भट्टराई, अधिकारी, श्रेष्ठ, आचार्य, रिजाल, मगर लगायत छन् ।
त्यसैगरी शिवसतक्षी ११ स्थित सेर्मा टोलमा पनि सेर्मा बस्तिमा सेर्मा हिम लेखेर टास गर्ने कार्य तिब्र रुपमा भैइरहेको ठाकुरसिंह सेर्माले जानकारी दिएका छ्न्। लिम्बु भाषा लिपिवद्द यस्ता बोर्ड राख्नाले गाउँको पहिचान र लिपिको संरक्षण र प्रवर्द्धन हुने स्थानीय अग्रजहरुको भनाइ छ ।