January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट तुम्बेवा गाउँपालिका

1.8K

पाँचथर । आर्थिक बर्ष २०७९/८० को कार्यसम्पादन मूल्यांकनका आधारमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट तुम्बेवा गाँउपालिका भएको छ । स्वास्थ्य संस्थातर्फ प्रथम स्वास्थ्य चौकी थर्पु याङवरक र उत्कृष्ट खोप कार्यकर्ता याङवरक थर्पुकै नरेश काम्बाङ घोषित भएका छन् ।

स्वास्थ्य कार्यालय पाँचथरले कार्य सम्पादन मूल्यांकनका आधारमा उत्कृष्ट छनौट गरेको हो । खोप कार्यक्रमका विभिन्न सूचकका आधारमा उत्कृष्ट छनौट गरिएको कार्यालयका प्रमुख तेज बहादुर तुम्बापोले जानकारी दिए ।

स्थानीय तहका स्वास्थ्य संयोजकसहितको जिल्ला खोप समन्वय समितिको बैठकमा नतिजा घोषणा गरिएको हो । खोप सञ्चालनका आधारमा उत्कृष्ट छनौट गरिएको हो ।

Advertisement

हिलिहाङ गाँउपालिका दोश्रो भएको छ । उत्कृष्ट स्वास्थ्य संस्थामा क्रमशः दोश्रोदेखि दशस्थानसम्म भारपा, प्राङबुङ, लालिखर्क, यासोक, मौवा, पौवासारताप र खादु्रङ रहेका छन् ।

यस्तै खोप कार्यकर्ता दोश्रो देखि दश स्थानसम्म क्रमशः उर्मिला लक्सम, कल्पना नेम्बाङ, यसोदा लिङदेन, रवि प्रसाद आचार्य, लक्ष्मी अधिकारी, बालकृष्ण दाहाल र सिर्जना राई घोषित भएका छन् ।