February 15, 2026, Sunday
२०८२ फाल्गुन ४
1:37:26 pm

पाँचथरको कावेली खोलामा डुबिरहेको अवस्थामा एक पुरुषको शव फेला

1.3K

पाँचथर । कावेली खोलामा डुबिरहेको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको हिलिहाङ गाउँपालिका-२ सिरुपास्थित खोलामा सोमबार अपराह्न एक पुरुषको शव फेला परेको हो ।

उक्त पुरुषको शव पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

पानीमा डुबिरहेको अवस्थामा स्थानीयले शव भेटेर खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रुपेश तामाङको कमाण्डमा प्रहरी टोली खटाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए ।

Advertisement

प्रहरीकाअनुसार भेटिएका पुरुष गहुँ गोरो वर्ण, खरानी रङको भेष्ट र अण्डर वेयर लगाएको अवस्थामा मृत भेटिएका छन् ।