January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

आमाको किरिया गर्दै प्रशासकिय काममा अधिकारी

760

पाँचथरको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले आमाको काजक्रियामा छन् । यसका अलावा उनी गाउँपालिकाको प्रशासकीय काम पनि गरीरहेका छन् ।

आर्थिक वर्षको अन्तिम समयमा सेवाग्राहीहरुलाई कुनै समस्या नपरोस भन्ने उदेश्यले उनी आमाको काजकिरिया गर्दै पालिकाको काम पनि गरीरहेका छन् । अधिकारीकी आमा मेनकादेवीको निधन भएको ६ दिन भएको छ ।

आर्थिक बर्षको अन्तिम अवस्था छ काम सकेर भुक्तानी पाउनुपर्ने अवस्थामा सेवाग्राहीहरुलाई दुख नहोस भन्ने उदेश्यले आफूले प्रशासकिय काम गर्नु परेको अधिकारीको भनाई छ ।

Advertisement

आइतबार उनले काजक्रिया बसिरहेका बेलामा पनि सम्बन्धित कर्मचारी साथीहरुलाई सबै फायल लिएर आउन भनेका थिए र प्रक्रियामा रहेका कामकाजको भुक्तानी सदर गरेका थिए। भुक्तानी प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको दस्तखत अनिवार्य रहने गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘मैले सम्बन्धित कर्मचारी साथीहरुलाई प्रक्रियामा रहेका सबै फायल लिएर आउन भनेको थिएँ। प्रक्रियामा पुगेका कामकाजको भुक्तानी सदर गरेको छु।’

काजक्रिया र सुत्केरी समयमा कानुनले बिदा दिएकै भएपनि आफ्नो दायीत्व र समुदाय र सेवाग्राही प्रतिको उत्तरदायीत्वलाई ख्याल राखेर काम गर्नुपरेको बताए ।