March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

कोशी प्रदेश प्रहरी प्रमुख बास्तोलालाई गरियो बिदाई, उक्त जिम्मेवारी सम्हाल्दै खापुङ

1.3K

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत रहेका प्रहरी नायव महानिरीक्षक राजेशराज बास्तोलालाई बिदाई गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौंमा सरुवा भएका उनलाई आइतबार एक कार्यक्रम गरी बिदाई गरिएको हो ।

महानिरीक्षक बास्तोलालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङ, प्रमुख स्वकिय सचीव अमृत खापुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राई र कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेल तथा सुरक्षा निकायका प्रमुख लगायतले बिदाई गरेका हुन् ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले समग्र प्रदेशको बस्तुस्थितिको बारेमा प्रतिवेदनसमेत पेश गरेका थिए ।

Advertisement

बास्तोलाको सरुवापछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा डिआइजी चन्द्रकुबेर खापुङ आउने भएका छन् ।

२०५० सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका खापुङले यसअघि अपराध महाशाखा केरकारमा पनि प्रहरी निरिक्षक भएर कार्यभार सम्हालिसकेका छन् ।

२०६४ मा डिएसपीमा बढुवा भएका खापुङले काठमाडौंमा विभिन्न वडागत युनिटहरुमा पनि सेवा प्रदान गरिसकेका छन् । खापुङ २०७४ सालमा एसपीमा बढुवा भएका थिए भने २०७७ सालमा एसएसपी बनेका थिए ।

गत वैशाखमा डिआइजीमा बढुवा भएका खापुङ गीतकारसमेत हुन् ।