April 13, 2024, Saturday
२०८१ बैशाख २
1:37:26 pm

ट्राफिक प्रहरी कर्मचारीहरुलाई चाडपर्वको शुभकामनासहित आवश्यक निर्देशन

780

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी तथा अन्तरगत रहेका ट्राफिक प्रहरी ईकाईका प्रहरी कर्मचारीहरुलाई चाडपर्वको शुभकामना सहित आवश्यक निर्देशन दिएका छन् ।

सोमबार ट्राफिक प्रहरी कार्यालय ईटहरीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी ट्राफिक प्रहरीहरुलाई निर्देशन दिँदै बास्तोलाले चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटनाका साथै जन धनको क्षतिलाई न्युनिकरण गर्न हर हमेशा सुरक्षामा तैनाथ रहन निर्देशन दिएका हुन्।

यस्तै, चाडपर्वको समयमा यात्रुवाहक सवारी साधनहरुले ट्राफिक नियम उलंघन गरी सवारी चलाउन सक्ने हुँदा त्यसतर्फ समेत विशेष ध्यान दिन र राजमार्ग तथा सहायक राजमार्गहरुमा सवारी चेकजाँच गर्दा व्यवस्थित तरिकाले मात्र चेकजाँच गर्नका साथै सवारी चालक तथा यात्रुहरुलाई अनावश्यक हैरानी नदिई सौहार्दपूर्ण तवरले चेकजाँच गर्न समेत निर्देशन दिए ।

Advertisement

यसका साथै प्रनामनि बास्तोलाले सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरुलाइ वडादशै, शुभदिपावली, नेपाल सम्बत तथा छट पर्वको शुभकामना समेत दिएका छन् ।