September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

प्रहरी आचरण व्यवहार तथा नैतिक शिक्षा सम्बन्धि तालिम

665

विराटनगर । विराटनगरमा प्रहरी आचरण व्यवहार तथा नैतिक शिक्षा सम्बन्धि तालिम दिइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वधानमा ७ दिने तालिम दिइएो छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा श्रावण २९ गतेबाट संचालन भएको उक्त तालिमको सोमबार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले तालिमबाट सिकेका सिप, ज्ञानबाट आफुलाई र खटिने कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिएका छन् ।

समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको उक्त तालिममा कोशी प्रदेश मातहतका जिल्लाहरुमा सादा पोशाक तथा सिमावर्ती ईलाकामा लामो समयसम्म कार्यरत रहेका जु.प्र.अ. देखी प्र.ज. सम्मका २४ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Advertisement