विराटनगर । झापाको बिर्तामोडमा आगलागी हुँदा करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बिर्तामोड नगरपालिका–२ लालमाटीस्थित सावरीया प्लाई ईण्डष्ट्रिज प्रालिमा बुधबार दिउँसो आगलागी भएको हो ।
आगलागीबाट चेन्जर मेसिन, सेक्सन मोटर, पावर केवल, टेबल कटर,
ज्वाईन्टर, डस्टकलस्टर, जोईन्ट कटर मेसिन, कम्प्रेसन मेसिन लगायतका विभिन्न मेसिनहरू जलेको छ ।
प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।