April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

तीनकुने घटनामा संलग्न सन्तोष राजावादी पक्राउ

655

काठमाडौं । तीनकुने घटनामा संलग्न थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा सहभागी सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोष कुमार सिलवाललाई मध्यराति कोटेश्वरको महादेवस्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

सिलवाललाई पक्राउ गरी अहिले काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

‘राजसंस्था पुनस्थापनाका लागि आन्दोलन’ भन्दै नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिले चैत १५ गते आयोजना गरेको हिंसात्मक प्रदर्शनका क्रममा एकजना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो भने करोडौँको धनमाल लुटपाट, तोडफोड र आगजनी भएको थियो ।

Advertisement

प्रहरीले उक्त घटनामा संलग्नलाई पक्राउ गर्ने क्रम जारी राखेको छ ।