March 15, 2025, Saturday
२०८१ चैत्र ३
1:37:26 pm

खानेपानी मन्त्रालयमा आगलागी

430

काठमाडौं। सिंहदरबार स्थित  खानेपानी मन्त्रालयमा आगलागी भएको छ । शनिबार बिहान ८ः३५ बजे काठमाडौँ खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको हो ।

अकास्मात् मन्त्रीको कार्यकक्षमा आगलागी हुँदा त्यहाँ झ्यालमा लगाइएका पर्दा, कार्पेट, टेबल र कुर्सीहरू समेत जलेका छन् ।

मन्त्रीको कार्यकक्ष भएको हुनाले कतिपय महत्वपूर्ण कागजातहरू समेत जलेको हुन सक्ने आशंका गरिएको छ ।

Advertisement

अहिले आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।