विराटनगर । १ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भुकम्प सुरक्षा सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको छ । सोमबार बिहान ९ बजे विराटनगर २ मा रहेको खालि स्थानमा भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्धारा भुकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास गरिएको हो ।
भुकम्प दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा १ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतबाट अभ्यास तथा विपदका सामाग्रीहरु अवलोकन गरेका थिए ।
मानवको वसमा नभएको प्रकोप जुनसुकै बेला पनि हुनसक्ने हुनाले यसले पुर्याउने क्षेतीलाई न्यूनीकरण गर्नका लागि गरिएको अभ्यासमा महानगर प्रहरी विराटनगर र रेडक्रस समेतको उपस्थिती रहेको थियो ।