मेयङलुङ । तेह्रथुमको आठराईमा ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले मंगलबार आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै १ महानिरीक्षक गिरीले भौतिक सुविधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरूमा थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसला प्रदान हुने बताए । साथै नवनिर्मित भवनको प्राप्तिसँगै नागरिकहरुको जिउधनको सुरक्षामा प्रहरी कर्मचारीहरू अझ बढी दत्तचित भएर काम गर्नुपर्ने पनि उल्लेख गरे ।
नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित २ करोड ६९ लाख ५ सय ४५ रुपैयाँको लागतमा निर्माण सम्पन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, प्रहरी कर्मचारीरहरू, संचारकर्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।