बिराटनगर । १ नम्बर प्रदेश प्रहरीबीच वडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिले प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु समेतमा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई बिजया दशमी, शुभ दिपावली, छठपर्व तथा बकर ईद २०७९ को पावन अवसरमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका थिए ।






