November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी श्रावण महिनाको सर्र्वोेत्कृष्ट प्रहरी घोषित

4.5K

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्र्वोेत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी निरीक्षक नेम्बाङ बुढिगंगा गाउँपालिका–१ बस्ने दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवलाई विराटनगर महानगरपालिका– १२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरी निज बालिकालाई भारतको दरभंगाबाट सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएका थिए ।

यस्तै, प्रहरी निरीक्षक अधिकारीले भोजपुर नगरपालिका– ६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका– ८ पोखरेका ६० बर्षीय सूर्यबहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएका थिए ।

Advertisement

उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले २०७९ साल श्रावण “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय “क” स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आइएको छ ।