April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

पहिचानको आधारमा प्रदेश १ को नाम ‘किरात’ हुनुपर्नेमा मन्त्री इन्द्र बहादुर आङ्बोको जोड

२०७८ कार्तिक २६

2.3K

नडाहा  । समाजसुधारक महागुरु फाल्गुनन्दको १३७औं जन्मजयन्ती बराहक्षेत्र –३ को खोरियामा हिजो कात्तिक –२५ गते भव्यरुपमा मनाइएको छ ।

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोको प्रमुख आतिथ्यतामा सप्पन्न सो कार्यक्रममा गुरु आत्मनन्द लिङ्ग्देनद्वारा आफ्ना भक्तजनहरुलाई आशीर्वचन दिएका थिए । सोही क्रममा गुरुले १ नम्बर प्रदेशको नाम ‘किरात सगरमाथा’ राख्दा उपयुक्त हुने बताए । प्रमुख अतिथि आङ्बोले महागुरु फाल्गुनन्दको पुर्णकदको सालिकको अनावरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ को नाम पहिचानको आधारमा ‘किरात’ हुनुपर्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पहिचानको नामाङ्कनमा बाधक बनेको आरोप लगाए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे राईले प्रदेश १ को नाम ‘किरात लिम्बुवान’ हुनुपर्ने बताइन् ।

Advertisement

१६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्ति समुद्घाटन तथा पूर्णकदको शालिक अनावरण कार्यक्रममा गुरु लिङ्देनले बराहक्षेत्र पवित्र भूमिलाई ‘माङ’ ले समेत मन पराएको बताए । उनले झुम्कादेखि भरौल हुँदै यो भूमिमा आफूले पैदल यात्रा गरेको समेत अनुभव सुनाए । सोही समारोहमा गुरु आत्मनन्द लिङ्देनले युमा माङ्हिमको उद्घाटन पनि गरेका थिए ।

कार्यक्रममा सो कार्यक्रमलाई सहयोग गर्ने, युमा माङहिम निर्माणमा सहयोग गर्ने सहयोगीहरु, पत्रकार, कलाकारहरुलाई सम्मान तथा कदरसमेत गरिएको थियो । त्यस्तै, कार्यक्रममा विभिन्न सास्कृतिक झाकीहरु समेत प्रस्तुत गरिएको थियो ।