December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

५० लाख सहयोग र उद्धारमा पोखरा महानगरपालिका जाजरकोट प्रस्थान

२०८० कार्तिक २०

650

पोखरा । कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार ६.४ म्याग्ननिच्युडको भूकम्प गएपछि परेको विपत्तिमा राहत दिन पोखरा महागनरपालिका त्यसतर्फ प्रस्थान गरेको छ ।

नगरप्रमुख धनराज आचार्यको निर्देशनमा पोखरा महानगरपालिका जाजरकोट प्रस्थान गरेको हो । जानकारीअनुसार नगरप्रमुखले महानगरपालिकाका कर्मचारीहरूको एक महिनाको पारिश्रमिक राहत सहयोगमा रु ५० लाख र उद्दारमा कार्यमा सहयोग पुर्याऊने निर्देशन दिएका थिए ।

भूकम्पका कारण सिर्जित ह्दयबिरादक घटनामा राहत तथा उद्धारमा विशेष सहयोग पु¥याउन पोखरा महानगरपालिकाको टिम वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्धारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । २ वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्धार टोलीले प्रस्थान गरेको हो ।

Advertisement

टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ । टोलीले राहत सामाग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्याङ्केट र औषधी एवं उपचारका आवश्यक सामाग्री लिएर गएको छ ।

पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्य हरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी रु.१३ लाख १५ हजार र अन्य जनप्रतिनिधि एवं कर्मचारी हरूको स्वछिक सहयोग र नपुग रकम महानगरपालिकाको बिपद कोषबाट खर्च बेहोरिने छ ।